२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 10:12 am
समाचार

चितवनमा पटका पड्काउँदा बालक घाइते

सूचना प्रेस २०८३ कार्तिक २६ बिहिबार ००:००, १०:०३ बजे १ मिनेट पढाइ

चितवन । पटका पड्काउँदा एक बालक घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगलागी भएको थियो ।

पटका पड्काउने क्रममा बुधबार साँझ आगलागी हुँदा बालकको छातीभन्दा तलको भाग जलेको जनाइएको छ ।

आगलागीबाट घाइते बालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।