६ मंसिर २०८३, आइतबार Sunday, 22 November 2026
हामीलाई पछ्याउनुहोस्
६ मंसिर २०८३, आइतबार 2:13 pm
Banner

दुई दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री भारत प्रस्थान

सूचना प्रेस २०८३ मंसिर ६ आइतबार ००:००, १४:०७ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानमार्फत प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत प्रस्थान गरेका छन् ।

उनीसहितको टोली दिउँसो ३ बजेर १५ मिनेटमा भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धि विमानस्थलमा अवतरण गर्नेछ ।

प्रधानमन्त्री शाहलाई भारतमा वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् । प्रधानमन्त्री शाहले भारतमा राष्ट्रपति दौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार साँझ स्वदेश फर्किनेछन् ।