१६ असार २०८३, मंगलबार 1782856047
Banner

रौतहटमा हुने विशाल जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज गौर जानुहुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रौतहट जाने हुनुभएको छ। गौरमा पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रम सम्बोधन गर्न ओली रौतहट जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ।

नेकपा एमाले रौतहटको आयोजनामा पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा ओली पुग्नुहुने नेकपा एमाले रौतहटका जिल्ला सचिब बाल बिक्रम कार्की जानकारी दिनुभयो। बिहान ११ बजेबाट हुने कार्यक्रममा गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय गुप्ता लगायत विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्ने बताइएको छ।

गौर नगरपालिकाका पूर्व नगर प्रमुख गुप्ता लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) परित्याग गरेर एमालेमा प्रवेश गर्न लाग्नुभएको हो । ‘चलु गौर,भरु गौर’ भन्ने नाराका साथ गौरको व्यारेक फिल्डमा आमसभाको कार्यक्रम राखिएको एमाले केन्द्रीय सदस्य एवं साँसद रेखा झाले बताउनुभयो ।