९ आश्विन २०८३, शुक्रबार 1790380188
Banner

महारानी एलिजाबेथको मृत्युपछि शोकमा बेलायत (फोटोफिचर)

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन् । ७० वर्षसम्म बेलायतको नेतृत्व गरेकी एलिजाबेथको मृत्युको सूचना बकिङ्घम प्यालेसको मुख्य प्रवेशद्वारमा राखिएको छ।

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा गएराती बाल्मोरलमा निधन भएको हो।

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् । उनको निधनपछि उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन् ।