३० कार्तिक २०८१, शुक्रबार 1731677000
समाचार

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ (१) का प्रदेशसभा सदस्य उम्मेदवार राजेश शाक्य को हुन ?

जन्म तथा बाल्यकाल
वि.सं. २०२४ असार ८ गते काठमाडौं महानगरपालिका वडा नं. १९ स्थित चसान्दो, मरुहीटी टोलमा राजेश शाक्यको जन्म भएको थियो । पिता धर्मरत्न शाक्य र आमा धर्मदेवी शाक्यको माहिला छोराको रुपमा उहाँको जन्म भएको थियो । पव्लिक युथ क्याम्पसबाट व्यबस्थापन बिषयमा स्नातक गर्नुभएका शाक्यले जापानी भाषामा पनि स्नातक गर्नुभएको छ । विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय शाक्यले राजनीति जनताको सेवा गर्ने माध्यम मात्रै हो भन्ने मान्यता राख्नुहुन्छ ।

समाजसेवामा मात्र हैन कि उहाँ नेपालभाषा तथा अन्य क्षेत्रमा पनि क्रियाशिल व्यक्तित्व हुनुहुन्छ । उहाँ मंसिर ४ गते को प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र
नं. ८ (१) मा पुन उम्मेदवार बन्नुभएको छ ।

राजनीतिक जीवन
सानैदेखि मिलनसार, फरासिलो र सहयोगी भावनाका राजेश शाक्यको राजनीतिक यात्रा वि.सं.२०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भइ नेपाल विद्यार्थी संघबाट सुरु भएको थियो । क्याम्पसमा अध्ययनकै क्रममा २०४१ सालमा नेविसंघमा आवद्द भइ पञ्चायत विरोधी आन्दोलनमा सक्रिय हुनु भएको थियो ।

उहाँले वि.सं.२०४२ सालको सत्याग्रहमा सक्रियतापूर्वक भाग लिनुभएको थियो । त्यस्तै वि.सं.२०४३ सालको पञ्चायती व्यबस्थाबाट गरेको स्थानीय निर्वाचनमा जनपक्षीय उम्मेदवारलाई बिजय गराउन चुनाव प्रचारप्रसार समितिको संयोजक भइ कार्य गर्नु भएको थियो । वि.सं.२०४६ सालको जनआन्दोलनमा पनि उहाँले सक्रियतापूर्वक भाग लिनु भइ वि.सं.२०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको विजयीको लागि लाग्नु भयो । तर कांग्रेसभित्रको कलहले तत्कालिन नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई महामन्त्री गिरिजाप्रसाद कोइरालाको गुटबाट अन्तर्घात गरि हराउने सम्मको कार्य भएपछि दिक्क भइ उहाँले सो पार्टि परित्याग गर्नुभयो ।


त्यस समय झण्डै दुई बर्षसम्म स्वतन्त्र बस्नु भएका शाक्यले नेपाल भाषाका कवि दुर्गालाल श्रेष्ठ, डा.महेशमान श्रेष्ठ तथा पवित्र बज्राचार्यहरुको सम्पर्कमा आउनुभयो । साथै उहाँले हरुको सल्लाह मुताविक जनतामाझ भिजेको पार्टि नेकपा (एमाले)संगको सामिप्यता बढाउनु भयो । जननेता मदन भण्डारींबाट पाँचौं महाधिवेशनमा प्रस्तुत जबज अर्थात् जनताको बहुदलीय जनवादबाट आकर्षित भइ उहाँले नेकपा एमालेमा सक्रियता देखाउनु भयो । युवा जोश, जाँगर, जुझारुपन, निडरपनाका साथै सवैसित मिल्नसक्ने बानीका कारण नेकपा एमालेमा प्रवेश गरेको तीनबर्ष पछि उहाँले संगठित सदस्यता प्राप्त गर्नुभयो ।
जनतामाझ लोकप्रिय शाक्य वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा कामपा १९ वडाको वडा सदस्य पदमा नेकपा एमालेको एक्लो प्रतिनिधिका रुपमा बिजय हुनु भयो । जनप्रतिनिधिका हैसियतमा उहाँले १९ वडामा पानी, ढल, सडक इत्यादि विकासनिर्माणका काममा जनतालाई साथ दिनु भयो । साथै न्यायनिरुपणमा आफनो उत्कृष्ट छाप छोड्न सफल हुनु भयो ।

राजेश शाक्य नेकपा एमालेको तल्लो कमिटी देखिनै खारिंदै आउनुभएको युवा कार्यकर्ता हो । उहाँ वि.सं.२०५४सालमा प्रजातान्त्रिक युवासंघ कामपा १९ वडाको अध्यक्ष, वि.सं. २०५५ सालमा पार्टी कमिटीको अध्यक्ष, वि.सं.२०५६ सालमा इलाका कमिटिको सदस्य, वि.सं. २०५८ सालमा इलाका उपसचिव हुनुभयो । वि.सं. २०६२ सालमा इलाका सचिव, वि.सं. २०६५ सालमा पार्टीको क्षेत्रीय सचिव, वि.सं.२०६७ सालमा पार्टीको जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभयो ।

उहाँले वि.सं.२०६८ सालदेखि क्षेत्रीय कमिटीको अध्यक्षको रुपमा नेतृत्वदायी भूमिका निभाउनु भयो । उहाँले बिभिन्न नेतृत्वदायी भूमिकाले उहाँमा राजनीतिक, वैचारिक, सामाजिक परिपक्वता विकास भयो ।

२०६२/६३ को दोश्रो जनआन्दोलनमा उहाँले काठमाडौंको बसन्तपुर, मरुहिति, इन्द्रचोक, असन, झोंछे“, भिमसेन स्थान तथा भित्री वस्तीमा आन्दोलनको वातावरण तयार गर्न बिशेष भूमिका निर्वाह गर्नु भयो ।
सामाजिक जीवन
राजेश शाक्यले राजनैतिकका अलावा सामाजिक क्षेत्रमा पनि अलग भूमिका निर्वाह गर्नुभएको छ । उहाँले बिभिन्न क्लव, संस्था, खलः वा समूहहरुमा आबद्ध रहनुभएको छ । शाक्य वि.सं.२०५१ सालमा नेवाः गुथिको केन्द्रिय कोषाध्यक्ष तथा वि.सं.२०५४ सालमा चसान्दो युवा क्लबको सचिव हुनुभयो । यहि समयमा उहाँले सरकारी कामकाजमा नेपालभाषाको प्रयोग गर्ने बारे भएको आन्दोलनमा सक्रियतापूर्वक भाग लिनुभयो ।

त्यस्तै वि.संं.२०७० सालमा लाखे आजु जिर्णोद्धार कमिटीको अध्यक्ष भइ कार्य गर्नुभयो । उहाँले सक्रियतामा चिकंमुगलस्थित मजिपात लाखेको देवघर तोकिएको समयसीमाभन्दा अगाडि पुनः निर्माण गर्न सफलता प्राप्त गर्नुभयो । वि.सं. २०६१ सालमा ताहाचल डोलमार्ग उपभोक्ता समिटीको सचिव, वि.सं.२०५३ सालमा महाबौद्ध जिर्णोद्धार कमिटीको सह-सचिवका साथै गुणकामदेवको समयमा निर्मित भिमसेनस्थान टोलमा बनाएको सुन्धारा मर्मतसम्भार समितिको संयोजक तथा नेवाः ग्वाहालि पुचको अध्यक्ष भइ कार्य गर्नु भयो ।

उहाँले ताहाचल डोलमार्ग उपभोक्ता समितिको सचिव हुँदा टोलको सडक,ढलका समस्या समाधानका साथै टोलमा सफासुग्घर राख्न बिशेष पहल गर्नुभयो । युवापुस्ता अगाडि नआएसम्म देश बिकास हुँदैन भन्ने मान्यताका बिच उहाँले ताहाचलमा डोल मार्गको युवा नेतृत्व विकासमा बिशेष पहल गर्नु भएको छ । यसको निमित्त युवाहरुबीच उद्घोषण तालिम जस्ता कार्यक्रम पनि अगाडि ल्याउनुभयो ।

महिला दिदीबहिनीहरु पनि घरको चौघेरा नाघि अगाडि बढ्नु पर्छ । केहि न केहि काम गरि आनो अस्तित्व स्थापित गर्नु पर्छ भन्ने उहाँले मान्यता भएकोले महिलाका लागि सीपमूलक तालिम जस्ता कार्यक्रम गर्न बिशेष भूमिका खेल्नु भयो । त्यस्तै युवापुस्ताहरुले समाजमा आफनो पहिचान कसरी बनाउने भन्ने सवालमा उहाँले युवा केन्द्रित कार्यक्रमहरु ल्याउनु भएको थियो ।

उहाँ महाबौद्ध विहार जिर्णोद्धार समितिको सहसचिव हुँदा महाबौद्ध परिसर भित्रको ऐतिहासिक बुद्ध मन्दिरको जिर्णोद्धार गर्न बिशेष पहल गर्नुभयो । युवामाझ लोकप्रिय नेता शाक्यले गरेको कामको मुल्यांकनकै आधारमा यसपटक पनि मंसिर ४ गतेको प्रदेश सभा निर्वाचनमा उहाँलाई क्षेत्र नंम्बर ८(१) बाट एमालेले उम्मेदवार बनाएको छ । स्पष्टवक्ता, युवा, निडर, मेहनती तथा जनताको निमित्त सदैव अगाडि बढ्ने व्यक्तिको रुपमा राजेश शाक्यलाई उम्मेदवारको रुपमा उभ्याएको छ ।

अघिल्लो कार्यकालमा सम्पन्न भएका कार्यहरु

राजेश शाक्यबाट २०७४ को निर्वाचनका दौरान महाभूकम्पबाट क्षतिग्रस्त धार्मिक, सांस्कृतिक,पुरातात्विक सम्पदाको पुनः निर्माणका निमित्त वचन दिनुभएको थियो । सो बचनअनुसार बिश्व सम्पदाभित्र यत्रतत्र क्षतिग्रस्त भइरहेका बिभिन्न मठमन्दिर पुनः निर्माण तथा मर्मतसम्भार गर्ने कार्य सम्पन्न भएका छन् । साथै स्कुल, अस्पताल निमार्ण, पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेका काष्ठमण्डप, गोपिनाथ मन्दिर, जगन्नाथ मन्दिर, ऐेतिहासिक बिहार, मठमन्दिर, यटखाबहालको पुन निमार्णमा शाक्यकै पहलमा बजेट निकाशा भएर कार्य सम्पन्न भएका छन् । उहाँले प्रदेश सभा सदस्यको रुपमा बिजयी गर्नु भएको काठमाडौं निर्वाचन नं ८(क)मा निम्नानुसार कार्य सम्पन्न गर्नु भएको छ
बिश्वकै ध्यान खिचिएको ऐतिहासिक काष्ठमण्डप पुनः निर्माण सम्पन्न ।
मानन्धर सनागु टोल घर निर्माण सम्पन्न ।
टोल घर महर्जनको निर्माण सम्पन्न ।

(ख) कामपा १९ वडाभित्र सम्पन्न भएका कार्यहरु
यटखा बाहालमा तेलईट्टा छपाइ कार्य सम्पन्न ।
खानेपानीको ट्यांकि निर्माण सम्पन्न ।
चसाण्डो मानन्धर सनागु खलको सा“स्कृतिक घर निर्माण सम्पन्न

(ग) कामपा २४ वडाभित्र सम्पन्न भएका कार्यहरु
महाभूकम्पबाट क्षतिग्रस्त हनुमान ढोकास्थित श्री जगन्नाथ मन्दिर, गोपीनाथ काष्ठमण्डप, ऐेतिहासिक बिहार, मठमन्दिर, एडखाबहालको पुननिमार्ण कार्य सम्पन्न

मन्दिर तथा कृष्ण मन्दिर पुनः निर्माण सम्पन्न ।
इटुं बहालभित्र खानेपानीको ट्यांकि निर्माण सम्पन्न

(घ) कामपा २३ वडाभित्र सम्पन्न भएका कार्यहरु
यस वडाको बिद्योदय स्कूलमा आईटि ल्याब निर्माण सम्पन्न ।

(ड.)कामपा १३ वडाभित्र सम्पन्न भएका कार्यहरु
वडाको मनमती खोलामा रिटेन्सनवाल, खानेपानीको बोरिङ्ग, योगा भवन,व्याटमिण्टन कोर्ट निर्माण सम्पन्न ।

ज्ञानोदय मा.वि.मा सुबिधा सम्पन्न हलको निर्माण, पंचकन्या मा.विमा फर्निचरका साथै आईटि ल्याबको निर्माण ।
ईन्द्रजात्रालाई व्यवस्थित संचालन गर्नको लागि शाक्यको पहलमा ५ करोडको अक्षयकोष व्यवस्था गरेको छ । संघिय सरकारबाट १ करोड , प्रदेश सरकारबाट १ करोड र गुठि संस्थानबाट ५ लाख
गद्धी बैठकमा म्युजियम व्यवस्थापनका लागि गृहमन्त्रालयबाट स्वीकृति व्यवस्था गरी म्युजियम संचालनको विशेष पहल ।

फेरि उम्मेदवारी किन ?
१. यस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ (१) को मतदाता वा जनताको समस्यालाई संसद र सम्बन्धीत निकायसम्म पु¥याउन
२.विगतमा गरेको अपुरो योजनाहरु सम्पन्न गर्न
३. विगत २०७४ सालको संसदीय अनुभवपछि हाल २०७९ मंसिर ४ गते पछि बागमती सरकारको नेतृत्वदायी भूमिका प्रदेश सरकार संचालन गरि समग्र प्रदेशको विकास गर्न
४. हनुमानढोका दरवारको विस्तृत गुरु योजना निमार्ण गरी स्थानीय जनताको आर्थिक अवस्थता सुधार गर्न
५. विश्व सम्पदा हनुमानढोका दरवार क्षेत्र र स्वयम्भू क्षेत्रको बीचमा रहेको कामनपा –१९ को बृहतर विकासका लागि
६. बागमती प्रदेश मै रहेको मेलम्ची खानेपानी चाडै काठमाडौं ल्याउने हर सम्भव प्रयास गर्न
७. यस क्षेत्रमा भएका बौद्ध सम्पदालाई पर्यटकको लागी नयाँ सम्पदा मार्ग निमार्ण गर्न
८. मनमती कामनपा १३ को मनमती खोला करिडोर बनाउन
९.नेपालको संविधानले दिएको अधिकार अनुरुप प्रत्येक प्रदेशमा तीन वटा भाषालाई प्रदेश सरकारको कामकाजी भाषा हुने भएकोले बागमती प्रदेशमा पनि नेपाली भाषा नेपाल भाषा र तामाग भाषाको कामकाजी भाषा हुने भएकोले वगत संसदको रोष्टमबाट मैले पटक पटक बोल्दा पनि नगरेको ले यस पटक हाम्रो भाषालाई सरकारी कामकाजी बनाउन
१०.नेपाल सम्बतलाई प्रदेश सरकारको लेटर प्याडमा प्रयोग गराउने र नेपालको रञ्जना लिपि राष्टिय लिपिलाई प्रदेश सरकारको लेटरप्याडमा प्रयोग गर्ने साथै रञ्जना लिपि राष्ट्रिय लिपिको उत्थान र प्रबद्र्धन
११. सांस्कृतिक उत्थान सम्बद्र्धन र प्रबद्र्धन गर्नुका साथै मुर्त अमृत सम्पदाको प्रबद्र्धन उत्थान गर्ने
१२.यस निर्वाचन क्षेत्र विशेष गरि व्यापारिक र विश्व सम्पदामा पर्ने भएकोले यस क्षेत्रमा फोहोर व्यवस्थापनको लागि विशेष प्रबन्ध गर्न जसले गर्दा जहिल्यै पनि स्वस्छ सफा हराभरा क्षेत्र बनोस त्यसका लागि फोहोर वडामै व्यवस्थापन गर्ने र जनचेतना बढाउने कार्य गर्न
१३.विशेष गरि गुठी विधेयक सम्बन्धी समस्यालाई मध्य नजर गर्दा उपत्यकावासी को गुठी समस्यालाई ध्यान केन्द्रित गरी उपत्यकास्तरिय गुठी विधेयक ल्याउन पहल कदमी गर्न
१४.युवा बेरोजगारीलाई रोजगारका लागि विशेष योजनाहरु बनाउन
१५.स्थानीय सीपलाई प्रबद्र्धन गरि रोजगार सृजना गर्नका लागि पहलकदमी गर्न