१४ श्रावण २०८३, बिहिबार 1785401180
Banner

रौतहटको एक कपडा पसलमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

रौतहट : रौतहटको माईस्थान चोकमा रहेको कपडा–डसना पसलमा बुधबार राति आगलागी हुँदा तीन बालबालिकाको  मृत्यु भएको छ। जलेर तीन जना घाइते भएका छन्।

गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ।