६ आश्विन २०८३, मंगलबार 1790133202
Banner

एमाले अध्यक्ष ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीको निवास बालकोटमा भएको भेटमा दुई नेताबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको नेपाल समाजवादी पार्टीले जनाएको छ।

कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् । प्रचण्डसँग नेसपा अध्यक्ष भट्टराई पछिल्लो समय नजिक भएका छन् ।