३० आश्विन २०८३, शुक्रबार 6:06 am
Banner

पेलेको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं :  विश्व फुटबल कालो मोती लेजेन्ड पेलेको आज अन्तिम संस्कार गरिँदैछ।  उनलाई श्रद्धाञ्जलि दिन हजारौँ प्रशंसकको साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा पुगेका छन्।

अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि हिजो सान्तोस क्लबको भिला बिलमिरो रंगशालामा लगिएको हो। 

तीन पटक फिफा विश्वकप जितेका पेलेको गत बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो। आफ्ना प्रिय खेलाडीलाई अन्तिम पटक बिदाईमा हजारौँ समर्थक उपस्थित भएका छन्।

पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा एउटा रंगशालाको नाम पेले राख्न आफ्ना दुई सय एघार सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन्। उनले पेले शाश्वत भएको भन्दै फिफाले पनि पेले प्रति उच्च सम्मान गर्ने जानकारी दिए। एजेन्सी