३ मंसिर २०८१, सोमबार 1731978321
राजनीति

रामवीर मानन्धरले प्रभु साहको ‘आम जनता पार्टी’लाई  साथ दिने

काठमाडौँ । पूर्वमन्त्री रामवीर मानन्धरले पूर्वमन्त्री प्रभु साहको ‘आम जनता पार्टी’लाई  साथ दिने हुनुभएको छ । 

दुबै पूर्व एमालेका सहयात्रीहरु पार्टीबाट नस्किएर गएपछि गत सम्पन्न आम निर्वाचनमा दुबैले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । तर,प्रभु शाहले मात्र निर्वाचन जित्नुभयो । 

लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको हो । मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढने आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिनुभयो ।

‘हाम्रो पार्टी अध्यक्ष प्रभु साहज्यू र पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरजी बीच भेटवार्ता भएको हो । उहाँहरु शहरी मन्त्रालयमा हुँदादेखि राम्रो सम्बन्ध थियो । त्यसकै निरन्तरता हो यो । उहाँ हाम्रो पार्टीको साथमा हुनुहुन्छ,’ यादवले भन्नुभयो ।