३ भदौ २०८३, बुधबार 1787183954
Banner

यसरी मनाइयो सेना दिवस तस्बिरहरू

काठमाडौं । नेपाली सेनाले शनिबार देशभर विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागि हुनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाइ श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली सेनाको सलामी ग्रहण गर्नुभयो। नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

कार्यक्रममा सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य प्रदर्शन गरिएको थियो।