८ मंसिर २०८१, शनिबार 1732361083
Banner

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धन झनै बलियो बन्छ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्वमन्त्री महेश बस्नेतले राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धन झनै बलियो बन्ने बताउनुभएको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धन टुटने र नयाँ समिकरण बन्ने हल्ला चलिरहेको भन्दै उहाँले ति निराधार भएको बताउनुभयो । मंगलबार सुर्यविनायक नगरपालिका वडा नम्बर १० मा आयोजित सुनपा नगर कमिटीको चौधौ पूर्ण बैठकमा नेता बस्नेतले राष्ट्रपतिको निर्वाचन सहमति अनुरुप नै हुने बताउनुभयो ।

एमालेले चलाएको ‘मिसन ग्रासरुट’ अभियानलाई व्यवस्थित गदै पार्टीको अभियान लिएर गाउँ, टोल र बस्तीमा जान उहाँको सुझाब थियो । नेता बस्नेतले भन्नुभयो,‘ग्रासरुट अभियानलाई व्यवस्थित बनाएर लैजाओ, अभियानले पार्टी अझै व्यवस्थित र बलियो बन्नुका साथै कार्यकर्ताको सक्रियता पनि बढ्दै जाने छ ।’ उहाँले विगतमा भएका कमजोरीलाई नदोहोरयाउने र पार्टीलाई कसरी मजबुद बनाउन सकिन्छ भन्ने तर्फ सवै कार्यकर्ताले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले ग्रासरुट अभियानले पार्टीलाई पुनगठन र शशक्त बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा मिसन ग्रासरुट अभियान सन्चालन, नगर कमिटी चलायनमान सदस्यता वितरण लगायतका बिषयमा छलफल भएको थियो ।