११ आश्विन २०८३, आइतबार 2:50 am
Banner

आज तराईका जिल्लामा होली मनाइँदै

काठमाडौंः आज देशको तराई क्षेत्रमा होली मनाइँदै छ। फागु पूर्णिमाका अवसरमा आज तराईका क्षेत्रमा होली पर्व मनाइने भएको हो। हिजो पहाडी क्षेत्रमा होली मनाइएको थियो।

तराईमा होलीको विशेष महत्त्व रहने गरेको छ। रङ्ग, अबीर दलेर एकापसमा भाइचारा र सद्भावको कामना गर्दै यस पर्वमा आफन्त भेटघाट, भोज–भतेर, नाचगान गरेर विशेष रूपले मनाइन्छ।

आज तराईको होलीको अवसरमा सार्वजनिक बिदा समेत रहेको छ।