८ मंसिर २०८१, शनिबार 1732366287
Banner

बारा २ मा लोसपाले जसपालाई सघाउने

काठमाडौँ — प्रतिनिधिसभाको बारा निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने भएको छ । जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेवार बनाउने तयारी गरेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले उक्त निर्णय लिएका हुन् । बारा २ को उपनिर्वाचनमा लोसपाका नेता राजेन्द्र महतो आकांक्षी थिए । महतोले पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेकाले आफू निर्वाचन नलड्ने बताए ।

बारा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।