२७ भदौ २०८३, शनिबार 1789262339
अपराध

रुसका सेना प्रमुख ब्लगरसहित १६ जनाको मृत्यु

एजेन्सी । रुसको सेन्ट पिटर्सबर्गको एक क्याफेमा विष्फोट हुँदा रुसी सेनाका एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

रुसको गृह मन्त्रालयले सेनाका प्रमुख ब्लगर भ्लादलेन तातार्स्कीको मृत्यु भएको र १६ जना घाइते भएको पुष्टि गरेको हो।

रुसको समाचार एजेन्सी आरआईएका अनुसार भ्लादलेनलाई उपहारको भनेर एक बट्टा दिइएको थियो। सोही बट्टामा भएको बम विष्फोट हुँदा उनको मृत्यु भएको गृह मन्त्रालय स्रोतलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी आरआईएले जनाएको छ।

भ्लादलेनको खास नाम म्याक्सिम फोमिन हो । उनले युक्रेनमा रुसले गरेको आक्रमणको समर्थन गर्दै आएका थिए।

उनले गत वर्ष युक्रेनसँगको सीमा क्षेत्रमा गरेको रिपोर्टिङको एक भिडियोको निकै चर्चा भएको थियो। उक्त भिडियोमा उनले भनेका छन्, ‘हामीले जसलाई पनि हराउन सक्छौं, जसलाई पनि मार्न सक्छौं।’