१४ श्रावण २०८३, बिहिबार 1785403165
Banner

मनोनयन दर्ता निर्वाचन अधिकृतको कार्यालय पुगे रवि

काठमाडौं। वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन्। कार्यालयमा पुगेसँगै लामिछानेको उम्मेदवारी दर्ताको प्रक्रिया सुरु भएको हो।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र—२ मा उपनिर्वाचन हुन लागेको हो।

लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन्।