चितवन । उपचुनावअन्तर्गत चितवन २ मा नेकपा एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
न्यौपानेले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएका हुन् ।
उनको प्रस्तावकमा विजय सुवेदी र समर्थकमा कृष्णभक्त पोखरेल छन् । यहाँ गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ र रास्वपाबाट सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् । न्यौपानेको मनोनयको क्रममा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा पनि आएका थिए ।
चितवन २ मा एमाले उम्मेदवार राम न्यौपानेको मनोनयनअघि आयोजित सभालाई सम्बोधन गर्दै नेता बाँस्कोटाले निष्ठाको राजनीति गर्छु भन्नेले झुटो बोलेको पनि देखियो भन्दै फेरि चुनावको मौका दिएकोमा लामिछानेलाई धन्यवाद दिएका थिए ।