१९ जेष्ठ २०८३, मंगलबार 1780447389
Banner

घट्यो हवाई भाडादर, कुन गन्तव्यको कति ? यस्तो छ नयाँ सूची

काठमाडौँ – नेपाल आयल निगमले हवाई इन्धनको साविकको १७० रुपैयाँ प्रतिलिटर मूल्यमा १० रुपैयाँ घटाएपछि आन्तरिक उडान अन्तर्गतका वायुसेवाको हवाई भाडा अन्तर्गत ‘फ्युल सरचार्ज’ ५.९ प्रतिशतले घटेको छ।

सुगम रुटमा सबैभन्दा धेरै काठमाडौं-धनगढी सेक्टरको हवाई भाडामा ४४० रुपैयाँ ‘फ्युल सरचार्ज’ घटेको छ भने सबैभन्दा कम काठमाडौं सिमरा रुटमा ९० रुपैयाँ घटेको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनु भयो ।

नयाँ अनुमोदन भएको फ्युल सरचार्जबारे प्राधिकरणले मंगलबार नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलायन्स, यति, समिट एयर, तारा एयर, सीता एयरलायन्स र सौर्य एयरलायन्सलाई कार्यान्वयनका लागि पठाएको छ । नयाँ दर अनुसार, सुगम रुटमा प्रति सिट प्रति यात्रुको भागमा ८५ रुपैयाँ प्रति मिनेटको दरले फ्युल सर चार्ज जोडिन्छ । यस हिसाबले एक यात्रुले एक घण्टाको आन्तरिक उडानमा ५ हजार १ सय रुपैयाँ फ्युल–सर–चार्ज तिर्नुपर्छ ।

हेर्नुस् भाडादर सूची