२७ भदौ २०८३, शनिबार 1789256634
Banner

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बानेश्वरस्थित सङ्घीय संसद् भवन बस्नेछ ।

सङ्घीय संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेस गर्ने कार्य तालिका रहेको छ ।

यसैगरी, आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।