२७ भदौ २०८३, शनिबार 1789253032
Banner

कोशी प्रदेशको आन्दोलन रोक्न केन्द्र सरकारले सहजीकरण गर्ने

काठमाडौं । सरकारले कोशीमा पहिचानवादीको आन्दोलन र विरोधको विषयमा प्रदेशसँग वार्ता गरी सहजीकरण गर्ने भएको छ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी नामकरणपछि भइरहेको आन्दोलनलाई लिएर प्रदेशसँग वार्ता गरेर अघि बढ्न केन्द्र सरकारले सहजीकरण गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनले भनिन्, ‘नामाकरणसम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ।’