२२ बैशाख २०८३, मंगलबार 1777993054
Banner

प्रधानमन्त्री यतिधेरै फुर्सद भएको देखेर छक्क पर्छु : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आलोचना गर्नुभएको छ।

आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयका क्रममा बोल्दै महामन्त्री थापाले प्रचण्ड गठबन्धन दलको साझा प्रधानमन्त्री हुन नसकेको टिप्पणी गर्नुभयो ।

प्रचण्डको उद्घाटन, शिलान्यास र भाषण मोहतिर कटाक्ष गर्दै उहाँले प्रधानमन्त्रीलाई फुर्सद नै फुर्सद रहेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो प्रधानमन्त्रीलाई किन यति फुर्सद छ ? उद्घाटन, शिलान्यास र भाषणमा समय ब्यतित गरिरहनु भएको छ । म चकित परिरहेको छु।’

महामन्त्री थापाले प्रचण्ड गठबन्धन दलको प्रधानमन्त्री भएकाले एक्लै हिँड्न खोज्नु ठिक नहुने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले टिम चलाउने हो एक्लै हिँड्ने होइन। प्रधानमन्त्रीका लागि सबैभन्दा महत्वपूर्ण प्रधानमन्त्रीको कार्यालय हो । प्रधानमन्त्रीले योबेला सबैभन्दा चुस्त टिम बनाउनुपर्छ। टिमलाई चलाएर अघि बढ्नुपर्छ। तर अहिलेसम्म त्यस्तो देखिएन।’

उहाँले मिटरब्याजीसहितविरुद्ध सरकार निर्मम हुनुपर्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘बोलेर हुँदैन प्रधानमन्त्री एक्सन प्रधान हुनुपर्छ। साझा न्यूनतम कार्यक्रम आयो अब सरकारले गति लिनुपर्छ । नियत र निर्णय ठीक भयो भने मात्रै नतिजा आउँछ।