२३ आश्विन २०८३, शुक्रबार 4:29 am
Banner

नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं। नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा आज प्रस्तुत गरिने नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

बैठक सिंहदरबारमा १२ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले आज ४ बजे संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन्।