९ मंसिर २०८१, आइतबार 1732454010
Banner

अनुहार हेरेरै रोग निर्को पार्ने भन्दै भाइरल बनेका सिमान्त गुरुको ‘क्लीनिक’ प्रहरीले बन्द गरायो

काठमाडौं – केही समयजदेखि सामाजिक सञ्जालमा भाइरल रहेको ‘सिमान्त गुरु’ को ‘क्लीनिक’ प्रहरीले बन्द गराएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका-७ मा रहेको कार्यालय आजबाट बन्द गरिएको हो।

महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले भिड अनियन्त्रित भएपछि सुरक्षाका कारण बन्द गरिएको बताउनु भषो। उहाँले भन्नुभयो, ‘असाध्यै भिड भएकाले हामीले शान्ति-सुरक्षाका कारण तत्कालका लागि बन्द गर्न निर्देशन दिएका हौं।

सामाजिक सञ्जालमा सिमान्त गुरु नामले चर्चित झापाका ४३ वर्षीय भरत केसीले दुई साताअघि मात्र तारकेश्वरमा आफ्नो कार्यालय सारेका थिए । त्यसअघि उहाँको कार्यालय कोटेश्वरमा रहेको थियो।

केसीले ठाउँ सानो भएकाले तारकेश्वर सरेको तर, यहाँ पनि समस्या आएको बताउनुभयो । केसीले ‘अलौकिक मनोवैज्ञानिक सास्ती ज्योतिषी प्राली’ नामक कम्पनी दर्ता गरेर काम गर्दै आउनु भएको थियो।

‘उहाँले कम्पनी दर्ता र वडा कार्यालयबाट सिफारिससमेत निकालेर काम गरिरहनु भएको रहेछ। कसैबाट उजुरी परेर बन्द गरेको होइन । जिल्ला प्रशासनसँग समन्वय गरेर काम गर्नुस् भनेका छौं’, डीएसपी कुँवरले भन्नुभयो।