९ मंसिर २०८१, आइतबार 1732437903
राजनीति

नीति तथा कार्यक्रम सतही र यथार्थ भन्दा भिन्न आयो : सांसद ढकाल

काठमाडौं । सांसद एकनाथ ढकालले नीति तथा कार्यक्रम सतही र यथार्थ भन्दा भिन्न आएको बताउनुभएको छ । प्रतिनिधि सभाको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा सांसद ढकालले सरकारको नीति तथा कार्यक्रममा प्रयोग गरिएका शब्दहरु सुमधुर जस्तो देखिएपनि यसले मुलुकको राजनैतिक, सामाजिक र आर्थिक चुनैतीहरुको पहिचान गर्न नसकेको बताउनुभयो। झट्ट हेर्दा सबै देखिने तर गहिरेर खोज्दा केहि नभेटिएको उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘न स्पस्ट प्राथमिकता नत निश्चित गन्तब्य नै, सरकारमा सहभागी दलहरुले निर्बाचनको बेला जारी गरेका घोषणा पत्र वा प्रतिबद्तालाइ समेत पुरै बेवास्ता गरिएको यो नीति तथा कार्यक्रम सतही र यथार्थ भन्दा भिन्न भएको मैले अनिभुती गरेको छु। अचम्मको कुरा यो छ कि , यो नीति तथा कार्यक्रम, माननीय अर्थ मन्त्रि ज्यूले संसदमा प्रस्तुत गर्नु भएको बिनियोजन बिधेयक २०८० का सिद्धान्त र प्राथमिकता संग समेत मेल खादैन र पारस्परिक बाझिएको छ। सरकारले नीति तथा कार्यक्रममा “अस्वस्थ सूचकहरु भएको स्वस्थ अर्थतन्त्रको” परिकल्पना गरेको देखिन्छ। ’