९ मंसिर २०८१, आइतबार 1732453399
Banner

पूर्वसभासद आङटावा शेर्पाविरुद्ध ५ जनाले दिए किटानी जाहेरी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद आङटावा शेर्पाविरुद्ध ५ जनाले किटानी जाहेरी दिएका छन् ।

दोलखाका ५ जनाले आफूहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असुलेर ठगी गरेको भन्दै शेर्पाविरुद्ध जाहेरी दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर आइतबार नै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर अन्तिम समयमा ५ वटा जाहेरी आएको प्रहरी स्रोतको भनाइ छ । शेर्पाविरुद्ध दोलखा, रामेछाप र ओखलढुंगाका व्यक्तिहरुलाई अमेरिका पठाइदिने भन्दै रकम लिएको आरोप छ ।