१८ असार २०८३, बिहिबार 1783012201
Banner

नक्कली शरणार्थी प्रकरण : को-को छन् फरार सूचीमा ?

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा ३० जनालाई प्रतिवादी बनाउन सुझाइएको छ, जसमध्ये १४ जना फरार छन्।

पक्राउ परेका १६ जना र फरारसहित सबै ३० जनामाथि संगठित अपराध ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्न प्रहरीले सिफारिस गरेको स्रोतले बतायो।

फरार १४ जनामध्ये प्रतीक थापा र निरज राई हाइप्रोफाइल हुन् भने अन्य आमव्यक्तिहरु रहेका छन्। प्रतीक तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन्। बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा हुन् निरज। पक्राउ पुर्जी जारी भएपछि उनीहरु दुवैजना फरार थिए।

अन्य फरार अभियुक्तहरूमा केशव तुलाधार, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी रहेका छन्। उनीहरूमध्ये अशोक पोखरेल अमेरिकामा रहेको प्रहरीले पत्ता लगाएको छ।