२८ भदौ २०८३, आइतबार 1789325592
Banner

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष घिमिरेलाई २ लाख जरिमाना

रामेछाप । रामेछापका उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष केशव घिमिरेले सञ्चालन गरेको लक्ष्मी आयल स्टोरलाई जिल्ला प्रशासन कार्यालयले २ लाख रूपैयाँ कारबाही गरेको छ ।

मन्थली नगरपालिका १ को भैसेश्वरमा रहेको आयल स्टोर कम्पनीले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘ङ’ बमोजिमको कसूर गरेको देखिएकोले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (क) (ख) (ग) र (घ) र (ङ) बमोजिम २ लाख जरिमाना गरिएको जिल्ला प्रशासनले जनाएको छ ।