२७ भदौ २०८३, शनिबार 1789249580
Banner

नीति तथा कार्यक्रमाथि संसदमा आजपनि छलफल हुने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमामाथि आज पनि छलफल हुर्दैछ ।

गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम माथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गते देखी छलफल प्रारम्भ भएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शीर्ष नेताले सम्बोधन गरिसकेका छन् ।

सोमवारको बैठकमा झन्डै चार दर्जन सांसदहरूले आफ्नो धारणा राखिसकेका छन् ।