४ भदौ २०८३, बिहिबार 1787247119
Banner

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानप्रति महासचिव पोखरेलको टिप्पणी लज्जास्पद नाटकको पटाक्षेप हुनेछ

काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानप्रति आपत्ति जनाउनु भएको छ । आज बिहान सामाजिक सञ्जालमा लेख्दै उहाँले शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धानमा प्रश्न उठाउनुभएको हो । 

महासचिव पोखरेलले प्रहरी अनुसन्धानमाथि शङ्का व्यक्त गर्नुभएको छ । सत्ता स्वार्थका लागि गरिएको लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने उहाँले उल्लेख गर्नुभएको छ । 

‘काक्रा चोरले काँक्रा आफूले खाएर बिया सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान’, उहाँले लेख्नुभएको छ, ‘सत्ता स्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ ।’