१४ श्रावण २०८३, बिहिबार 1785418663
Banner

नक्कली भुटानी शरणार्थी प्रकरण छानविन गर्न संसदीय समिति बनाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ। यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत छानबिन गर्नुपर्ने उसको माग छ।

आजको प्रतिनिधिसभाको बैठकको सुरुमै बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने। ‘यहाँ मुछिएका मान्छेहरु हेर्नुस्, यो राज्यमा हामीले कसको विश्वास गर्ने ? त्यसकारणले यो विश्वासको वातावरण बन्द भएको छ। यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ।’

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु आ–आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकलाई दुई मिनेटभित्र कुरा राख्न भनेका थिए । तर प्रमुख सचेतक सन्तोष परियारले पार्टीको तर्फबाट सभापतिले कुरा राख्ने भनेपछि लामिछानेले बोलेका थिए।