काठमाडौं । प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। पाँच दिन प्रतिनिधि सभाको बैठकमा छलफल भएपछि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा प्रस्तुत गरेका थिए। राष्ट्रिय सभाको बैठकले यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ। प्रतिनिधिसभाको अर्को बैठक जेठ १४ गते आईतबार दिउँसो १ बजे बस्ने छ ।
जेठ १५ गते सरकारले आगामी वर्षको बजेट ल्याउँदै छ।