१८ बैशाख २०८३, शुक्रबार 1777680104
Banner

२०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक

काठमाडौं । आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ। अर्थमन्त्री डा.प्रकाश शरण महतले आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन्।

सरकारको आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ उक्त नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए। शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिएपछि सत्तारुढ पक्षले संशोधन प्रस्ताव फिर्ता लिएका थिए। प्रतिपक्षीका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।