६ भदौ २०८३, शनिबार 1787448649
Banner

रेशम चौधरीलाई आममाफी नदिन माग गदै इन्सपेक्टरकी श्रीमती शारदाले दिईन सर्वोच्चमा रिट


काठमाडौं । टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आम माफी दिने तयारीविरुद्ध मृ‌तककी श्रीमतीले रिट दिएकी छिन् । उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायत रिट लिएर सर्वोच्च पुगेकी हुन् । यसअघि सरकारले रेशम चौधरीलाई आम माफिदिने निवेदन राष्ट्रपतिकोमा पठाएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी प्रक्रिया नपुगेको भन्दै गृहमन्त्रालयमा फिर्ता गरेका थियो ।

आइतबार विहान बसेको मन्त्रिपरिषद् बैठकले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई आममाफीका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी थिईन। त्यसका बिरुद्ध श्रीमती कडायत सर्वोच्च पुगेकी हुन ।

चौधरीलाई जन्मकैदको सजाय गर्ने जिल्ला र उच्च अदालतको फैसलालाई केही दिनअघि सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।