७ मंसिर २०८१, शुक्रबार 1732315246
राजनीति

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न कूटनीतिक पहल गरिरहेको छु : मन्त्री किराती

काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न कूटनीतिक पहल गरिराखेको बताएका छन्।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन व्यवसायमा निराशा छाएको भन्दै आफूले भारत र चीनका विभिन्न सहरबाट उडान भर्न पहल गरिराखेको बताए।

‘पोखराबाट अन्तर्राष्ट्रिय उडान नहुँदा तपाईंहरूमा निराशा छाएको छ, मेरो स्तरबाट कूटनीतिक छलफल जारी राखेको छु,’ उनले भने, ‘चीनको विभिन्न सहरबाट र भारतको विभिन्न सहरबाट पोखरा उडान गर्न सक्यौं भने स्वाभाविक रूपमा पोखरा पर्यटनको केन्द्र बन्छ।’

मन्त्री किराँतीले यही जुन २२ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनमा चार्टर्ड उडान गर्ने सहमति भएको पनि बताए। विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालन गर्न पोखरा–चीन सिधा उडान प्रस्थान विन्दु बन्ने उनले दाबी गरे।