१० कार्तिक २०८१, शनिबार 1730002754
राजनीति

किन सर्यो माओवादी केन्द्रको केन्द्रीय बैठक ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सरेको छ ।

कोषाध्यक्ष श्रीराम ढकालका अनुसार असार २३ गतेका लागि तय भएको सो बैठकको मिति सारिएको हो ।

उनका अनुसार बैठक अब बैठक साउन १७ गते बस्नेछ । प्रदेशको बजेट अधिवेशन चलिरहेकाले बैठक सार्नुपरेको ढकालको भनाइ छ ।

बैठकमा डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी नेसपा) सँग एकताका सन्दर्भमा छलफल हुने बताए । अहिले एकताबारे छलफल भइरहेको उनले जानकारी दिए ।

Tags :