२५ बैशाख २०८३, शुक्रबार 1778278030
Banner

नौ हजारभन्दा बढी डेंगी संक्रमित, सुनसरीमा सबैभन्दा बढी

काठमाडौं । दिनप्रतिदिन डेंगी रोगीको संख्या बढिरहेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या साढे नौ हजार पुगेको छ । तथ्यांकानुसार जनवरीयता अगस्ट ७ सम्म नौ हजार ४११ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी डेंगीका कारण नौजनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीका पाँच हजार ४१ जना छन् । १० जिल्लामा मात्र आठ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वका धेरै देशमा डेंगीका चारै सेरोटाइप देखिएको छ ।