१७ भदौ २०८३, बुधबार 1788366533
Banner

आज तलेजु भवानी मन्दिर खोलिँदै

काठमाडौँ-आज अर्थात् महानवमीका दिन वर्षमा एकपटक मात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ। मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ।