१७ भदौ २०८३, बुधबार 1788358701
Banner

काभ्रेमा पिङ हाल्ने क्रममा रुखबाट लडेर मृत्यु

काभ्रे-काभ्रेमा पिङ हाल्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। 

भुम्लु गाउँपलिका-६ कोतालीका ५० वर्षीय गणेश परियारको आइतबार साँझ दसैँको पिङ हाल्न वरको रुखमा चढेको बेला लडेर मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

लडेर गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।