१७ भदौ २०८३, बुधबार 1788332114
Banner

काठमाडौं उपत्यकामा आज प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने

काठमाडौँ– सशस्त्र प्रहरीले विजयादशमीको दिन आज काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

दसैँको टीका ग्रहणका लागि आवतजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले जनाएको छ । दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरणमा निःशुल्क बस सञ्चालन हुने छन् । 

बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट बालुवाटार, शिक्षण अस्पताल, नयाँ बसपार्क, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, जावलाखेल, थापाथली, माइतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुँदै पुनःनक्शालसम्म सेवा दिने छ ।

यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यविनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्सालसम्म सेवा सञ्चालन हुने सशस्त्रले जनाएको छ ।

यसैबीच, नेपाल प्रहरीले पनि आज काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । प्रहरीले बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म दुईवटा रुटमा निःशुल्क बस सञ्चालन गर्न लागेको हो ।