१६ भदौ २०८३, मंगलबार 1788316111
Banner

दसैँको टीका–जमरा आज पनि लगाइँदै

काठमाडौं । आश्विन शुक्ल पक्षको एकादशी, बडादशैँको टीका लगाउने क्रम आज पनि जारी छ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्।

टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ।

यद्यपि, नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ ।