१९ श्रावण २०८३, मंगलबार 1785881452
Banner

बडादशैँको टीका लगाउने क्रम आजपनि जारी

काठमाडौं । आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी छ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्।

टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ।

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।