२५ कार्तिक २०८३, बुधबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 9:35 pm
Banner

राष्ट्रसंघका महासचिव गुटेरेस आज न्युयोर्क फर्किँदै

सूचना प्रेस २०८० कार्तिक १५ बुधबार ००:००, ०८:३५ बजे १ मिनेट पढाइ

काठमाडौँ– नेपालको चारदिने भ्रमण आउनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै हुनुहुन्छ । 

नेपाल भ्रमणमा रहनुभएका महासचिव गुटेरेस आइतबार बिहान काठमाडौँ आइपुग्नुभएको हो ।  

उहाँले हिजो संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गर्नुभएको थियो ।  त्यसअघि उहाँले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गर्नुभएको थियो । 

महासचिव गुटेरेसले अन्नपूर्ण आधारसिविर तथा लुम्बिनीको पनि अवलोकन भ्रमण गर्नुभएको थियो ।