९ कार्तिक २०८१, शुक्रबार 1729851256
Banner

रिक्त हुन लागेका राष्ट्रिय सभाका १९ सिटको निर्वाचन माघ १० गते आसपास गर्न आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सिटको निर्वाचन माघ १० गते आसपासमा गर्न प्रस्ताव गरेको छ ।

बुधबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न आवश्यक रहेको र त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने बताए । यस्तै प्रतिनिधिसभामा रिक्त रहेको १ सिट, प्रदेशसभामा २ सिट र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको बताए ।

फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्य रिक्त हुँदैछन् । सदस्य रिक्त हुनुभन्दा एकमहिना अघि निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ ।