७ मंसिर २०८१, शुक्रबार 1732331483
Banner

टिकटक प्रतिबन्धविरुद्ध आजबाट प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौं । टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दिएको रिटमा सोमबारका लागि पेशी तोकिएको थियो । रिटमाथि आजबाट सुनुवाइ हुन लागेको उनले बताए ।

नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले सामाजिक सद्‌भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो । रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ । सरकारको निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन् ।