१८ असार २०८३, बिहिबार 1783049265
समाचार

सिमा अतिक्रमणसँगै राष्ट्रियता माथिको ठाडो हस्तक्षेप हुँदापनि सरकार मुकदर्शक छ : एकनाथ ढकाल

कन्चनपुर । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले वर्तमान गठबन्धन सरकारको असफलताको कारण मुलुकमा अराजकता बढेको बताउनु भएको छ। कन्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ८ मा आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेता ढकालले संविधानको मूल मर्म अनुरुप देश अघि बढ्न नसकेको प्रति चिन्ता ब्यक्त गर्दै वर्तमान सरकारले आफ्नो औचित्य प्रुष्टि गर्न नसकेको जिकिर गर्नुभयो।

नेता ढकालले सिमा अतिक्रमण तथा राष्ट्रियता माथिको ठाडो हस्तक्षेपमा सरकार मुकदर्शक रहेको बताउनुभयो। देश भित्रै रोजगारी सृजना गरेर युबाहरुलाई प्रोत्साहित गर्नु पर्नेमा सरकारकै गलत रबैयाको कारण युबाहरु विदेशिने संख्या बढ्दै गएको उहाँको भनाइ थियो। नेता ढकालले अन्तराष्ट्रिय मंच हरुमा नेपालको उपस्थिति अत्यन्त कमजोर रहेको तर सरकारले देशको प्रतिष्ठा बढाऊन कुनै पहलकदमी नलिएकोमा प्रति चिन्ता ब्यक्त गर्नुभयो।

ढकालले देशमा नैतिकताको खडेरी परेको बताउदै असल आचरण र दुरदृस्टी भएका नेताहरुको पहिचान गरि समर्थन गर्न पनि आग्रह गर्नु भयो।