काठमाडौं । नेपाल नर्सिङ परिषद्ले ३४औं नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षामा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् ।
शनिबार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षामा सहभागी भएकाहरुमध्ये उल्लेखित प्रतिशत नर्सहरु फेल भएका हुन् । पीसीएल नर्सिङतर्फ कुल १ हजार २७० जना सहभागी भएका थिए । जसमध्येमध्ये २४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै पास भएका छन् ।
यस्तै, शनिबार नै लिएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन् । बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना ९४९।०३० प्रतिशत उत्तिर्ण भएका छन् ।