२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 12:31 am
Banner

चालू चौमासिकमा काठमाडौंले गर्यो २७ दशमलव ११ प्रतिशत राजस्व संकलन

सूचना प्रेस २०८० मंसिर १० आइतबार ००:००, १४:३४ बजे १ मिनेट पढाइ

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८०र८१ को पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाले २७ दशमलव ११ प्रतिशत राजस्व संकलन गरेको छ ।

साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा २ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको काठमाडौं महानगर राजस्व विभागले जानकारी दिएको छ ।

काठमाडौं महानगरले चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

गएको वर्ष यस अवधिमा २६ दशमलव ४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्व ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ संकलन भएको थियो ।