१० भदौ २०८३, बुधबार 1787752386
Banner

एनसेल शेयर खरिदबिक्रीविरुद्ध रिटको सुनुवाइ न्यायाधीश शर्माको इजलासमा

काठमाडौँ– निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्रीविरुद्ध प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ ।

सांसद सिंहले गत शुक्रबार दायर गरेको रिटमा हिजो न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको भए पनि हेर्न नभ्याइनेमा परेको थियो ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानिनोक्सानी हुने गरी अपारदर्शी ढंगले शेयर खरिदबिक्री भएको दाबी गरेका छन् । निवेदनमा शेयर खरिदबिक्रीलाई मान्यता नदिन पनि माग गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।