१० भदौ २०८३, बुधबार 1787745024
Banner

नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं– नातेदार तथा निश्चित आफन्तबाट मात्रै मानव अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

यस्तो कानुनी व्यवस्थाका कारण बाँच्न पाउने हक हनन भएको दाबी गर्दै खेमबहादुर छन्त्याल र कानुनका विद्यार्थीहरू ओस्निक पौडेल र डेविड चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

निश्चित आफन्त र नातेदारबाट मात्र अंगदान लिन पाइने कानुनी व्यवस्था संविधानमा रहेको स्वतन्त्रतापूर्वक बाँच्न पाउने मौलिक हकसँग बाझिएको उनीहरुको दाबी छ ।

उनीहरुले मानव अंग प्रत्यारोपण अनियमित तथा निषेध ऐन २०५५ मा अंगदान लिनका लागि गरिएको बन्देजको व्यवस्था खारेजीको माग गरेका छन् ।