१७ असार २०८३, बुधबार 1782901843
Banner

देशको विकास गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक छ : अध्यक्ष ओली

सिन्धुपाल्चोक-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताउनु भएको छ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने भन्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताउनु भएको हाे।

अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको र कमजोर बनाउने षडयन्त्र भए पनि लोकप्रिय पार्टी बन्न सफल भएको उल्लेख गर्नुभयो ।

उहाँले एमाले सरकारले गरेका कामबाट तर्सेर विभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको जिकिर गर्नुभयो । एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै वैकल्पीक शक्ति नरहेको स्पष्ट भएको उहाँले बताउनुभयो ।