६ मंसिर २०८१, बिहिबार 1732250829
अर्थ

एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख सहयोग गरयो

काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH)लाई सामाजिक उत्तरदायीत्व अन्तर्गत रु.२५ लाख सहयोग गरेको छ । यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल स्वास्थ्य सुधार गर्ने प्रयासमा सहायता पु¥याउँने बैकले जनाएको छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र KIOCH का अध्यक्ष डा. भगवान कोईरालाबीच सहमति आदानप्रदान गरिएको छ । यस सहकार्यले बैंक र अस्पतालको बाल स्वास्थय सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा अगाडि बढाएको बैंकले जनाएको छ ।

एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।